काठमाडौं, ६ भदौ । सरकारले काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा अत्यावश्यकबाहेक अन्य काममा निस्किन दिईएको छैन् । निषेधाज्ञाको आज तेस्रो दिन हो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंका पुतलीसडक, कमलादी, नागपोखरी, बालुवाटार, टिचिङ अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, गंगबुचौक, सामाखुसी, ठमेल, दरबारमार्ग, घण्टाघर हुँदै बागबजारसम्मको वस्तु अवस्था नियाँलेका छन् । हेरौं तस्विरमा :