Logo

काठमाडौं उपत्यकामा एकैदिन  २१६ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २१६  सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ६ सय  ३४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय १६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १२ हजार   ५ सय   १९ जनाको पिसीआर परिक्षणमा ६  सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १३६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८  हजार  ३ सय ५०  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका   १६० जना र ललितपुरका ६ जना र भक्तपुरका  ५० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्