Logo

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ ट्रेन्डिङ न.१ मा



काठमाडौं, ६ भाद्र । दुर्गेश थापाको स्वर र अभिनय रहेको गीत निकै लोकप्रिय भएको छ । इनाक्क्षी इन्टरटेइमेन्टले भर्खरै सार्वजनिक गरेको ‘आलु जस्तो गायक’ गीतको भिडियो सर्वाधिक हेरिएको छ । दुई दिन अगाडी सार्वजनिक भएको उक्त भिडियोलाई ७ लाख भन्दा धेरैले हेरेका छन् ।

लकडाउनको समयमा धेरै कलाकारहरु विवाद तानिए । कलाकारहरु भाइरल हुने क्रम पनि जारी रह्यो । भाइरल हुने कलाकार मध्ये एक जना दुर्गेश थापा पनि हुन् । थापालाई प्राइम टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहान्छन’ मा पत्रकार ऋषि धमलाले चर्चित गायककार रामकृष्ण ढकाल र स्वर स्रमाट नारायण गोपालको गीत गाउन आग्रह गरेका थिए । तर उनले यम बराल र भक्तराज आचार्यको गीत गाएपछि सामाजिक सञ्जालमा निकै आलोचित भएको थिए । उनको सामाजिक सञ्जालमा दर्शकले निकै आलोचना गरे । गलत गीत गाएर भाइरल भएका दुर्गेशले आफ्नो गल्ती स्विकार्दै नयाँ गीत बजारमा ल्याएका छन्

यस गीतमा शब्द बसन्त थापा, स्वर दुर्गेश थापा र कृष्ण बि.कको एरेन्ज रहेको छ । म्युजिक भिडियोमा छायाँकन रक कौशल, सम्पादन मिलन विश्वकर्मा र निर्देशन शिव बिकले गरेका छन् । अत्यधिक हेरीएका म्युजिक भिडियोमा कलाकारहरु दुर्गेश थापा, सारीका केसी, पल शाह र पुस्प खड्का रहेका छन् ।

भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्