Logo

अजय देवगनको साथमा सुपरहिरो फेन्चाइजी बन्ने तयारीमा यशराज



एजेन्सी, ६ भाद्र ।  अजय देवगन र आदित्य चोपडाले वर्षौ पहिलेको दुस्मनी भुलेर एक साथ काम गर्ने गरेको खबर आएको छ । यशराज बैनर छिट्टै ५० वर्ष पुरा हुने खुशीमा केही प्रोजेक्टको घोषणा गर्ने तयारीमा छन् । जसमा अजय देवगनको फिल्म पनि हुनेछ जसलाई राहुल रवैलका छोरा शिव रैवलले निर्देशन गर्नेछन् जुन फिल्मको उनको पहिलो हो ।

शिव रवैलले निर्देशन गर्ने यो फिल्म एक सुपर हिरो ड्रामा हुनेछ । अजयले आफ्नो फिल्मी करिअरमा कहिल्र्यै पनि सुपरहिरोको रोलमा खेलेका छैनन् । एक सुचना अनुसार आदित्य चोपडाले अजय देवगनको आगामी सुपर हिरो फिल्मलाई फ्रान्चाइजीमा बदल्ने सोचमा छन् ।

यशराजले चाडैनै ५० वर्ष पुगेको उत्सव मनाउदै छन् । यस विशेष अवसरमा उनले अजय देवगन, सलमान खान, शाहरुख खान, रितिक रोशन र जोन अब्राहम जस्ता ठुला कलाकारहरुको साथमा फिल्महरु घोषणा गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्