Logo

सोनाक्षी सिन्हाको पोस्टमा आपत्तिजनक कमेन्ट गर्ने व्यक्ति गिरफ्तार



एजेन्सी, ६ भाद्र । सामाजिक सञ्जाल एक यस्तो मन्च हो, जहाँ कलाकारहरु आफ्नो फ्यानसँग सम्पर्कमा हुन्छन् । सामाजिक सञ्जालबाट जो कोहीले पनि आफ्ना साथीहरुसँग सम्पर्क गर्न सक्छन् । यसमा केही कलाकारहरु आफ्नो विचारको कारण विवादको सामना गर्नुपरेको छ । सोनाक्षी सिन्हा केहि समयदेखि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुको निशाना बनिरहेकी छिन् ।

सोनाक्षी सिन्हालाई एक युवकले कमेन्टमा यस्तो गाली दिए जसको कारण उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । सोनाक्षीले पछिल्लो केहि समयबाट साइबर बुलिंगको विरुद्ध सामाजिक सञ्जालमा एक अभियान चलाइरहेकी छिन् । उक्त अभियानमार्फत उनले मानिसहरुलाई अगाडी आएर ट्रालेलको बारेमा बताउन अपिल गरेकी थिइन् । सानाक्षीको उक्तकार्यको धेरैले राम्रो प्रतिकृया दिदै आफ्नो अनुभव सेयर गर्दै आएका छन् ।

तर एक युवकले भने बलिउड कलाकारको विरुद्ध बोल्दै बिरोधको नाममा तुच्छ शब्दको प्रयोग गरेका थिए । सोनाक्षीले तुरुन्त साइबर क्राइममा मुद्दा दर्ता गराएसँगै शशिकान्त गुलाब जाधव नामका युवालाई प्रहरीले गिरफ्तार गरेको छ । युवामाथि आइपिसी र आइटी एक्ट को मुद्दा दायर गरिएको छ । मुम्बई साइबर क्राइम बान्चमा उनको बयान जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्