Logo

रेमडिसिभिर औषधि आयात प्रक्रिया कहाँ पुग्यो ?



भदौ ६, काठमाण्डौ । ‘रेमडिसिभिर’ नामको औषधी बैधानिक रुपले ७२ घण्टाभित्र नेपाल ल्याउने गरी ३ वटा कम्पनीलाई औषधी व्यवस्था विभागले स्वीकृत दिएको थियो । तर एक कम्पनीले मात्र सो औषधी ल्याएको छ । अर्कोतिर सोही औषधि चर्को मूल्यमा विक्रि भइरहेको छ ।

देशमा कोरोना भाइरसको सक्रमण बढ्दै गएसंगै अबैधरुपमा विभिन्न ब्राण्डका औषधी नेपाल भित्रिएसंगै एक नयाँ औषधी रेमडिसिभिर पनि रहेको छ । अबैध रुपमा भित्रिएका औषधीलाई नियन्त्रण गर्ने र नियन्त्रण गर्ने औषधी व्यवस्था विभागकै उच्च कर्मचारीको संलग्नतामा सो औषधी नेपाल भित्राएर अत्याधिक मंहगोमा बिक्री हुन थालेको समाचार प्राइम टाइम्स टेलिभिजनले पहिलो पटक प्रशारण गरेको थियो । त्यसलगत्तै सो औषधी ल्याउन सरकारले ३ वटा कम्पनीलाई स्वीकृत दिएको थियो ।

सरकारले ७२ घण्टा भित्र ३ वटै कम्पनीले सो औषधी नेपालमा ल्याउनु पर्नेमा अझै २ वटा कम्पनीले ल्याउन सकेको छैन । समाचार सार्वजनिक भएपनि अनुगमन गर्ने र कारबाही गर्ने निकाय औषधी व्यवस्था विभागले सो विषयमा कुनै चासो नदिई अबैध कार्यलाई बढ्वा दिएको आरोप समेत विभागमाथी लाग्दै आएको छ । समाचार प्रसारण भएपछि आकस्मीक बैठक बसेको थियो । सो बैठकमा एकआपसमा आरोपप्रत्यारोप चलेको थियो । ‘रेमडिसिभिर’ नामको औषधी बैद्यानीक रुपले ७२ घण्टाभित्र नेपाल ल्याउने गरी ३ वटा कम्पनीलाई विभागले स्वीकृत दिएपनि हाल एक कम्पनीलेमात्र सो औषधी ल्याएको छ ।

विभागले ७२ घण्टाभित्र ल्याउनेगरी सिनर्जी डिष्ट्रिब्युटर, यति केएम डिस्ट्रीब्युटर र भेभिओस्का नामको कम्पनीलाई सो जिम्मेवारी दिएको थियो । रेमडिसिभिर औषधी शुक्रबार नेपाल भित्रिएको छ । स्थानीय सप्लायर कम्पनी सिनर्जी डिष्ट्रिब्युटरले भारतबाट हवाई र स्थलमार्ग हुँदै रेमडिसिभिर औषधी नेपाल भित्राएको हो । औषधी व्यवस्था विभागले सिनर्जीलाई भारतीय कम्पनी माइलनबाट रेमडिसिभिर औषधी आयात गर्ने अनुमति दिएको थियो । उक्त अनुमति अनुसार, सिनर्जीले माइलनबाट औषधी सहमति भएअनुसार समयमा ल्याउन भने सकेनन् । शुक्रबार माइलनले बनाएको ५ सय २८ भायल औषधी नेपाल भित्र्याएको छ ।

एक थान औषधी ७ हजार ६ सय नेपाली रुपैँया मुल्य तोकिएको छ । भारतको सिप्ला कम्पनीबाट यति केएम डिस्ट्रीब्युटर र हेटेरो कम्पनीबाट नेपालको भेभिओस्का कम्पनीले भने सो औषधी अझै ल्याउन सकेको छैन । भेभिओस्का कम्पनी विजय अग्रवालले आफ्नो तर्फबाट पुरै प्रयास गरेको तर सवै हाम्रो हात बाहिर भएकाले समयमा ल्याउन नसकिएको बताए ।

डाक्टरले सोही औषधी सिफारीस गर्ने र अर्कोतर्फ सरकारी निकायबाट रोक लागएसंगै कालाबजारीसंगको मिलिमतोमा रेमडिसिभिर औषधी नेपाल ल्याई १ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुदै आएको छ । नेपालमा भारत र बंगलादेशमा उत्पादन भएको औषधी अबैधरुपमा भित्राई मंहगोगमा बिक्री गर्ने कार्यमा सरकारी निकाय विभागकै उच्च पदस्थ कर्मचारीको संलग्नता समेत रहेको खुलासा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्