Logo

कोरोना संक्रमणबाट पूर्व प्रहरीको मृत्यु



सिमरा, भदौ ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार राती ज्यान गएको हो । उनी अवकास प्राप्त पुर्व प्रहरी नायव निरिक्षक (सई) समेत हुन् ।

शुरुमा ज्वरो आएको आएर खोकी लागेपछि सिमरा स्थित अल्पाइन अस्पताल पुर्याइएको उनलाई अस्पतालले ज्वरो नियन्त्रण गर्न लगातर ७÷८ वटा इन्जेक्सन लगाएको थियो । एक हप्ता सम्म पनि ज्वरो नियन्त्रण नभएपछि उनलाई बिरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियोे । नारायणी अस्पताल पु(याएपछि मात्रै उनलाई कोरोना संक्रमण भएको पुष्टी भयो ।

त्यहाँँ पनि राम्रो उपचार हुन नसकेपछी केही दिनमा उनलाई गण्डक अस्पताल पुर्याइयो थियो । कोभिडले च्यापेपछी उनलाई थप उपचारका लागी शुक्र्रबार नै काठमाण्डौ लगिएको थियो । काठमाण्डौ अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको हो । उनलाई पहिलादेखी नै दमको समस्या रहेको परिवारिक स्रोतले जनाएको छ ।

यसअघि नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षे शेख समी उल्लाह ननकको पनि कोरोना संक्रमणको कारण ज्यान गएको थियो । उनीपनी मधुमेह र प्रेसरका बिरामी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot