Logo

कोरोनाबाट ६ बर्षिया बालिकासहित धरानमा दुई जनाको मृत्यु



इटहरी, भदौ ७। सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ६७ बर्षीय एकजना पुरुष र अर्का ६ वर्षिया बालिका रहेकी छिन् । ६ बर्षीया बालिका सुनसरीको कुन ठाउँकी भन्नेबारे खुल्न बाँकी रहेको छ ।

सुनसरीमा संक्रमित संख्या ४ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा हालसम्म संक्रमितको संख्या ४२९ पुगेको हो ।

जसमध्ये सबैभन्दा बढी धरान उपमहानगरपालिकामा रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार धरानमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । त्यस्तै, इटहरीमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

इटहरीमा शनिबार मात्रै १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये इटहरी अस्पतालका एक पुरुष रहेका छन् भने एकजना सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् ।

इटहरी अस्पतालका अनुसार इटहरी अस्पतालमा नै कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष लगायतका सेवाहरु बन्द गरिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot