Logo

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु



झापा, ७ भाद्र । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौँ लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड— १९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उहाँलाई झापा पु¥याईएको समाचार आजको गारेखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot