Logo

६९ वर्षीया महिलाले जितिन कोरोना



काठमाडौ, भदौ, ७ । तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया महिलाले कोरोनालाई जितेर सकुशल घर फर्र्किएकी छिन् । उच्च मनोबलकै कारण उनले कोरोना जित्न सफल भएको परिवारका सदस्यहरुले बताएका छन् । ती महिलामा गत ३० साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गर्दै आइरहेकी उनी कोरोनामुक्त भएर शनिबार घर फर्किएकी हुन् । छोटो समयमा नै कोरोना जितेर घर फर्किएपछि आफन्तजन र छरछिमेकमा समेत खुशी र उत्साह छाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot