Logo

बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह



काठमाडौँ, ७ भाद्र। बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकोले रक्तदान गर्न रेडक्रसले युवालाई आग्रह गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरै रक्तसञ्चार केन्द्रहरूमा रगत स्टक अति न्यून रहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तय भएका रक्तदान क्याम्पहरू स्थगित भइरहेका छन् । उहाँका अनुसार केन्द्रीय रक्तसञ्चार सेवामै आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेको छ । बिहीबार र शुक्रबार केन्द्रीय रक्तसञ्चार सेवामा रगत लिन आएका दर्जनौँ बिरामीका आफन्तलाई खाली हात फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

नियमित रगत चाहिने खालका बिरामीहरूका लागि समेत रगत पर्याप्त आपूर्ति गर्न गर्न नसकिएको निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । नियमित रगत चाहिने क्यान्सर, मिर्गौला, थालसेमिया, हेमोफिलियाजस्ता बिरामीलाई समेत रक्तसमूह मिल्ने आफन्त खोजी रगत दिन लगाई काम चलाइरहेको पौडेलले बताउनुभयो । दुर्घटना, प्रसूती, मुटु, आकस्मिक शल्यक्रियाका बिरामीहरूका आफन्तहरूलाई कतिपय अवस्थामा फर्काउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

विशेष गरी देशमा मुख्य सहरहरू तथा मिर्गौला, क्यान्सरका रोगी धेरै हुने स्थानहरूमा रगतको अभाव भइरहेको निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, विराटनगर, धरान र चितवनलगायत मुख्य सहरमा रगत अत्यन्तै अभाव भइरहेको छ । ुबन्दाबन्दीको सुरुमा रगत राम्रै सङ्कलन भएको थियो । तर यो लम्बिँदै गएपछि रक्तसञ्चार क्याम्पहरू गर्न असहजता भएका कारण यस्तो अभाव भएको हो । निर्देशक पौडेलले बताएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot