Logo

कांग्रेस महाधिवेशन प्रभावित हुनसक्ने



काठमाडौं, भदौ ७। नेपाली कांग्रेसको फागुनमा हुने तय भएको १४औं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरण प्रक्रिया नै सुरु नहुने हुँदा समस्या हुने भएको हो ।

पछिल्लो पटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो । अझै ११ वटा जिल्लामा समायोजन हुन बाँकी नै छ । कांँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी कोभिड–१९ का कारण बैठक बस्न र सम्बन्धित जिल्लाबाट साथीहरू आउन समस्या भएकाले ढिलाइ भएको बताउन्छन । अहिले काठमाडौं उपत्यकासहित राई–मधेसका अधिकांश क्षेत्रमा कोरोनाका कारण बन्दाबन्दी छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने ११ जिल्लामध्ये आठवटा जिल्लाको समायोजनका लागि कागजपत्र केन्द्रीय कार्यालयमा आइपुगेको तर निर्वाचन समितिको बैठक बस्न नसक्दा केही ढिलाइ भएको स्वीकार गर्छन । उनले सप्तरी, धनुषा र मुस्ताङको मात्रै समायोजनका कागजपत्र आउन बाँकी रहेको जानकारी दिए ।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । केन्द्रका शीर्ष र जिम्मेवार नेता समायोजनको काम पूरा गर्न र क्रियाशील सदस्यता नवीकरण गर्र्ने कार्यमा उत्प्रेरित र सहजीकरण गर्नेभन्दा पनि धमाधम सभापतिको उम्मेदवारी घोषणा गर्न व्यस्त छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot