Logo

वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ पुग्यो



वीरगञ्ज, भदौ ७ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको गयराती मृत्यु भएको छ ।

उनको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थाइराइडको विरामी ति महिलामा खोकी, ज्वरो, र श्वासप्रश्वासमा समेत समस्या बढ्दै गएको थियो ।

अवस्था नाजुक बन्दै गएपछि उनलाई एक दिन भेन्टिलेटरमासमेत राखेर उपचार गरिएको थियो । यो संगै शनिबार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको भने वीरगञ्जमा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्