Logo

दक्षिण कोरियामा कोरोना संक्रमित फेरि बढेपछि यी क्षेत्रमा निषेधाज्ञा



एजेन्सी, ७ भाद्र । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । एकै दिन ३ सय ९७ जना संक्रमितको संख्या वृद्धि भएपछि कोरियाली सरकारले निश्चित क्षेत्रहरुमा राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार दक्षिण कोरियामा आजबाट धार्मिक क्षेत्र, रात्रीक्लब, बार, इन्टरनेट क्याफे, समुन्द्र किनारहरु बन्द गरिएका छन् । यसअघि राजधानी सिओलमा मात्र कडाई गरिएको थियो । मार्चको पहिलो हप्तायता भाइरसको संक्रमित संख्या झन् बढेको हो । देशव्यापी निषेधाज्ञाले त्यहाँको जनजीवन प्रभावित भएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्