काठमाडौं, ७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय १८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ८ हजार २६ सय जनाको पिसीआर परिक्षणमा ८ सय १८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा २८१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार ६ सय ३१ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका १२ जना र भक्तपुरका २८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।