भगवान शिवको महिमा अपरम्पार छ । शान्त स्वभावका भोलेनाथ तुरुन्त आफ्नो भक्तसँग प्रसन्न हुन्छन् । भगवान शिवबारेमा जो कसैले पनि जान्न र बुझ्न चासो राख्छन् । आज हामी शिवले सधै बाघको छाला धारण गर्नुको कारण बारे चर्चा गर्छौ ।
शिव पुराणको अनुसार यसमा धेरै रोचक कहानी रहेको छ जसअनुसार एक पटक शिव जी ब्रह्माण्डमा घुम्न निक्लिएका थिए । घुम्दै फिर्दै एउटा जंगलमा पुगे, उनी पुगेको जंगलमा केही ऋषि मुनिको परिवार बस्थे ।
महादेव जंगलमा निर्वस्त्र भएर बस्न थाले । उनले आफु नाङ्गो छु भन्ने ख्याल राखेनन् र नाङ्गै बसिरहेका थिए । बलशाली शिवलाई नाङ्गै देखेर ऋषिका पत्नीहरु आकर्षित हुन थाले र मनमनै उनको प्रशंसा गर्न थाले ।
ऋषिहरु आफ्नो पत्नी अज्ञात पुरुषसँग आकर्षित भएको थाहा पाएर धेरै रिसाए । ऋषिहरुलाई थाहा थिएन कि उनी शिव भगवान हुन् भनेर । सामान्य मानिस सम्झेर रिसाइरहेका थिए ।
रिसले चुर भएका ऋषिहरुले अन्जान मानिसलाई सबक सिकाउन एक ठुलो खाल्डो खने ताकी खाल्डोमा ती मानिस खस्नेछन् । उनीहरुले सोचे जस्तै शिव त्यहि खाल्डोमा खसे ।
शिवलाई खाल्डोमा झारेपछि उनलाई सजाय दिन ऋषिहरुले एउटा बाघ पनि झारिदिए, ताकि शिवजीलाई बाघले मारेर खाओस । तर भैदियो ठिक विपरित ।
शिवजीले वाघलाई मारेर उसकै छाला धारण गरेर खाल्डो भन्दा बाहिर निस्किए । शिव बाहिर निस्किएको देखेर ऋषि मुनिहरुले सामान्य मानिस हुन नसक्ने भन्दै सोच्न थाले । शिव पुराणमा वर्णन गरे अनुसार त्यतिबेला देखि शिवले शरीरमा बाघको छाला धारण गरेका थिए । एजेन्सीको सहयोगमा