Logo

सरकारको निर्देशानुसार सेवा दिईरहेका छौं, दोषारोपणले कोभिडको उपचार हुँदैन : डा. पाण्डे



ग्राण्डी ईन्टरनेश्नल हस्पिटलका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले सरकार र निजी अस्पताल मिलेर कोभिडविरुद्ध लड्नुपर्ने विचार राखेका छन् । उनले आफूहरुले सरकारको निर्देशनलाई पालना गरेर नै कोभिड र नन कोभिड दुवै विरामीहरुलाई उपचार दिईरहेको सुनाए । आइतबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको के छ ग्राण्डी अस्पतालको पछिल्लो अपडेट सुनाउनुहोस त ?

ग्राण्डीमा सरकारको अनुरोधमा र उहाँहरूसँग सहकार्य गर्दै नेपाली जनतालाई यस्तो दुःखद घडीमा स्वास्थ्यकर्मीले सहयोग गर्ने हिसाबले कोरोनाको लागि सुरुदेखि नै हामीले काम गरिराखेका थियौँ । सरकारको निर्देशिका पालना गर्दै र सरकारबाट अनुमति प्राप्त भयो भन्नासाथ आइ.सी.युको १२ बेड अहिलेको कोभिड विरामीलाई छुट्यायौँ । अहिले १५ जना कोभिडको विरामी हुनुहुन्छ । २ जना भेन्टिलेटरमा हुनुहुन्छ, आजको दिनमा । त्यस्तै गरेर कोभिड पोजिटिभ भएको लक्षण कम भएको व्यक्तिलाई अर्को झण्डै १२ ओटा सिंगल रुमहरूको पनि हामीले व्यवस्था गरेका छौँ । आइसोलेसनको रुममा अहिले विरामीहरू हुनुहुन्न । हाम्रो स्वास्थ्यकर्मीहरूले विशेष रूपमा मद्दत गरिरहनुभएको छ । अस्पताल हामीले २ भागमा विभाजन गरेका छौँ । एउटा भागमा कोभिड विरामी जानुहुन्न । कोभिड विरामीहरूलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरूलाई अर्को भागमा कन्ट्याक्ट हुँदैन । पब्लिकलाई जटिल के छ भने पैसा कहाँबाट लिएर आउने, पैसा कसरी तिर्ने पब्लिकले, प्राइभेट अस्पतालले मद्दत गर्न नसक्नुको कारण के हो भनेर त्यो पनि खोज्नुपर्छ । सरकार र प्राइभेट हस्पिटल टुगेदर मिलेर पब्लिकलाई मद्दत कसरी गर्ने भन्ने सोच्ने हो । मलाई पीर के छ भने खर्च धान्न नसक्ने पब्लिकले प्राइभेट हस्पिटलप्रति अझै नेगेटिभ हुने स्थिति छ तर प्राइभेट हस्पिटलहरूको कुरा थाहा पाउनुहुन्छ भने उनीहरूको अझै रुवाबासी छ । त्यसकारण यो दुईटालाई मिलाएर लग्न सक्यो भने सबैलाई राम्रो हुन्छ । जनतालाई सजिलो हुन्छ । जनताले खल्तीबाट पैसा तिर्न नपर्ने स्थिति प्राइभेट अस्पतालमा लिएर आएर सरकारले सहकार्य गरेर अगाडि बढ्यो भनेमात्रै यो स्थिति सुल्झिन सक्छ । नत्र दोषारोपणबाट न प्राइभेटलाई फाइदा हुन्छ, न सरकारलाई फाइदा छ, न पब्लिकलाई फाइदा छ । डाक्टरहरू कोभिड विरामीहरूको उपचार गरेर क्वारेन्टाइन बसेको ठाउँमा पब्लिकले आएर यस्तो कोरोना भएको डाक्टरलाई राख्ने भनेर आक्रामण गरेको समाचारहरू आएका छन् ।

पब्लिकले पनि तपाईहरूबाट धेरै अपेक्षा गरेको छ, तपाईहरूले पब्लिकको मागलाई सम्बोधन गर्नुपर्दैन ?

पर्छ, हामीले गर्नैपर्छ । तर, हाम्रो प्राइभेट हस्पिटलको शक्ति यति सानो छ कि यो खर्च उनीहरूले धान्नै सक्दैनन् । उनीहरूलाई मद्दत गर्नुपर्छ सरकारले पनि । दुईटा संस्था सँगै बसेर सेवाको जुन भावना छ, त्यो भावनालाई दुबै पक्षले मिलेर सम्बोधन गर्नुपर्छ । प्राइभेटले गर्दै गर्दैन भनेको छ जस्तो मलाई लाग्दैन् । तर उनीहरूले गर्नै नसक्ने स्थिति छ भने त कुरा गरेर मात्र त काम हुँदैन । काम गर्नको लागि त कमिटमेन्ट हुनुपर्छ । हामी दिउँसै खट्नुपर्छ । एउटा कोभिड विरामी हेर्नको लागि ६ जनाभन्दा बढी सहयोगी चाहिन्छ । औषधीहरू कहाँबाट लिएर आउने ? तिनलाई खाना व्यवस्थापन कहाँबाट गर्ने ? सानो कुरामा चित्त राखेर भएन । यसको म्यानेजेरियल लजिस्टिक के हो ? त्यसमा हामीले ध्यान दियौँ भने त्यसको समाधान हुन्छ । हेर्नुस् त, ग्राण्डी हस्पिटलमा कसरी व्यवस्थापन गरेका छौँ, हामीले । तर हामीलाई कति दुःख छ, हाम्रो बारेमा बोलिदिने को छ ?

भेन्टिलेटर छ होइन ? आइ.सी.यु चाहिएको छ । आइ.सी.यु, अक्सिजनको अभाव हुन्छ कि हुँदैन ? त्यसको लागि तपाईहरूले कुनै कमी तथा हेलचेक्र्याँई नगर्नुस् ।

हामी हेलचेक्र्याँई गर्दैनौँ । हामीले सहकार्य गर्नको तयार होइन कि सहकार्य गरि नै राखेका छौँ । सरकार भनेको हाम्रै नेपाली दाजुभाइ हुन् । हामीले खाली कुरा के मात्र भनिराखेका छौँ भनेदेखि केही कुराहरूमा कमजोरी छ । खर्च धान्नसक्ने क्षमता छ कि छैन ? हाम्रो स्टाफ म्यानेज गर्ने क्षमता छ कि छैन ? यसमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ । यहाँ त दोषारोपणले कोभिडको उपचार हुँदैन । यो सानो देश, सानो आर्थिक शक्ति छ, सानो म्यानपावर छ, सबैको मन जितेर कसरी गर्ने भन्नेमा कोशिस गर्नुपर्छ । सरकारले पनि प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्