Logo

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजेसम्म खोल्न पाइने



ललितपुर, भदौ ८ । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ ।

बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा अत्याधिक भिड हुन जाने तथा दिनभर पनि किनमेलमा निस्कने हुँदा त्यसले संक्रमणको खतरा बढेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा एक रुपता ल्याउन ती जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा ९ बजेसम्म खोल्न पाउने नियम बनाइ दिएका हुन् ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उपत्यकावासीको समस्या र कोरोना जोखिमलाई मध्यनजर गर्दै ९ बजेसम्म तरकारी खाद्यान्न पसल खोल्न दिने निर्णय भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot