Logo

नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बाेलपत्र पेश गर्न सकिने



काठमाडौँ ८ भदौ। प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी (CIT) को संस्थापक शेयर लिलामीमा आएको छ। प्रिमियरले कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता न्युनतम २ हजार ३०० रुपैयाँमा तोकेर ७ दिनभित्र अर्थात भदौ १५ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ।

बोलपत्र बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट बुझाउन सकिनेछ।

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा सहभागी हुन पाउनेछन्। इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सोमबार दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर प्रतिकित्ता २ हजार ८७७ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ।-मेरोलागानीबाट



प्रतिक्रिया दिनुहोस्