Logo

आज तीन महिलासहित आठ कोरोना संक्रमितको मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले तीन महिलासहित थप आठजनाको मृत्यु पुष्टि गरेसँगै उक्त संख्या पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा काठमाडौ, झापा, सुनसरी, पर्सा, मोरङ र रुपन्देहीका ५ पुरुष र ३ महिला रहेका छन् । विगत केही दिनभन्दा आज मृत्यु हुनेको संख्या बढी होे ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये मृत्यु हुने प्रतिशत ०.४९ हो । तर, दैनिक मृतक थपिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ ।

मृतकको विवरण
१.सुनसरीका ६८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
२. पर्साका ७० वर्षीया महिला । ८ भाद्रमा मृत्यु पुष्टि
३.काठमाडौका ४८ वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
४.मोरङका ६५ वर्षीय पुरुष ।  ८ भाद्रमा मृत्यु पुष्टि
५. रुपन्देहीको ६७ वर्षीया महिला । ८ भाद्रमा मृत्यु पृष्टि
६. रुपन्देहीको ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पृष्टि
७. रुपन्देहीको ५३ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पृष्टि
८. रुपन्देहीको ५४ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पृष्टि



प्रतिक्रिया दिनुहोस्