Logo

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ



झापा, ८ भाद्र । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिकाका नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पनेरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्