काठमाडौं, ८ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सुनसरीकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह घर भई रामधुनी झुम्कामा आयुवेर्दिक औषधी व्यवसाय गरी बस्ने मोहम्मद ईर्साद आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई गत साउन २६ गते जबरजस्ती करणी गरेका आलमलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी सप्तरीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिकाका फुल कुमार रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका स्थित धार्मिक सामुदायिक वनमा रामले ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय कंचनपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट कटहरियाका प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निजगढ नगरपालिका रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धि उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेका थिए । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।