एजेन्सी, ८ भाद्र । कोरोना भाइरसको त्रासको कारण लामो समयसम्म लगाएको लकडाउन खुकुलो भएसँगै फिल्म र टेलिसिरीयल सुर्टिङ गर्न भारत सरकारले अनुमति दिएको छ । यसको लागि सरकारले दिएको गाइड लाइनको पालना गर्नुपर्नेछ । केही टिभी सिरीयलहरुले सुर्टिङको काम सुरु गरीसकेका छन् ।
तर फिल्मको सुर्टिङ भने धेरै हुन सकेका छैनन् । अक्षय कुमार र अमिर खानले भने भारतमा नगरी विदेशमा सुर्टिङ गर्ने निर्णय गरिसकेका छन् । अक्षय कुमार फिल्म ‘बेलबाटम’को लागि लन्डन पुगेका छन् भने अमिर खान ‘लाल सिंह चड्डा’ फिल्म सुर्टिङको लागि टर्की पुगेका छन् । हाल भने उनी टर्की पुगेका कारण भारतमा तुफान आइरहेको छ ।
अर्का चर्चित अभिनेता सलमान खान भने फिल्मको सुर्टिङबाट अहिलेसम्म टाढा रहेका छन् । उनको रियालिटी शो बिग बोस को भने नयाँ प्रोमो सार्वजनिक भएको छ तर फिल्मबाट भने टाढै छन् ।
उनको फिल्म ‘राधे’को धेरै सुटिङ बाकी छ तर सलमानले भने सुटिङ गर्ने कुनै सुर गरेका छैनन् । उनका निकट एक सुत्रले बताए अनुसार सलमानले आफ्नो लागि, अन्य कलाकार र फिल्म निर्माताको लागि यस्तो परिस्थितीमा जोखिम उठाउन नचाहेका हुन् । सलमानले सुर्टिङको लागि अझै केहि दिन पर्खन चाहेका हुन् । त्यसै पनि फिल्म हलहरु बन्द रहेकाले फिल्म रिलीज गर्न कुनै हडबडी गर्न नपर्ने र हतार नभएको उनले जनाएका छन् । फिल्म ओटीटी प्लेटफर्मबाट रिलीज गर्ने पक्षमा सलमान खान नभएको बुझिएको छ । प्रभुदेवा द्धारा निर्देशित उक्त फिल्ममा सलमान खानको हिरोइन दिशा पटानी रहेकी छिन् ।