एजेन्सी, ८ भाद्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक एलेक्सी नाभालिनलाई झुक्काएर विष पिलाइएको प्रमाणित भएको छ । जर्मनीको बर्लिनमा उपचाररत उनको परीक्षणबाट विषय पिलाइएको डाक्टरहरुले बताएका हुन् ।
सोमबार एक विज्ञप्ति जारी गरी उपचाररत चारिटे अस्पतालका डाक्टरहरुले विषय जस्तो पद्धार्थ भेटिएको जनाएका हुन् । उनको शरीरमा निश्चित प्रकारको विष भेटिएको तर यो कस्तो विष हो भनी प्रष्ट पारिएको छैन । तर, उनी खतरामुक्त भइसकेको डाक्टरहरुको भनाई छ ।
डाक्टरहरुले पटक पटक स्वतन्त्र प्रयोगशालामा परीक्षण गर्दा पनि विषय भेटिएको डाक्टरहरुको विज्ञप्ति उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि बिहिबार अकस्मात समस्या आएपछि विमान आकस्मिक अवतरण गरी नाभालनीलाई अस्पताल लगिएको छ । पछि उनी उपचारका लागि जर्मनी लगिएका थिए । रुसको ओम्स्कस्थित अस्पतालमा उपचार गराइरहेका उनलाई लिनकै लागि विमान पुगेको रुस पुगको थियो ।
नाभालनीलाई चीयामा विष घोलेर पिलाइएको आशंका गरिएपनि उनलाई अन्य समस्या भएको भनिएको थियो । रुसी चिकित्सकले उनको शरीरमा विष नभएको भनेपनि परिवार त्यो मान्न तयार थिएन । उनकी पत्नीले जर्मनी लान जोड गरेकी थिइन् ।
यसअघि साइबेरियाबाट मस्कोतर्फ आउने क्रममा नाभालिनको स्वास्थ्यमा समस्या भएपछि विमान आकस्मिक रुपमा ओम्स्कमा अवतरण गरिएको थियो । उनी गम्भीर अवस्थामा अस्पताल लगिएका थिए । उनको लागि विमान मस्को उड्नुपर्नेमा बिहिबार आकस्मिक रुपमा बीचमै अवतरण गर्नु परेको थियो ।