Logo

देउवाको मनपरीतन्त्रविरुद्ध हामी एक ठाउँमा उभिन्छौं : डा. शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई परास्त गरेर छाड्ने उद्घोष गरेका छन् । उनले सभापति देउवाको मनपरीतन्त्रको विरुद्धमा सबै एक हुने पनि विश्वास दिलाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो समूहबाट सर्वसम्मतीमा सभापतिको उम्मेद्धवारी दिने स्पष्ट पारेका छन् । उनले सभापति देउवाले तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्ने सफल सभापति हुने तर अधिवेशन सार्ने काम गरे ईतिहासकै असफल सभापतिको रुपमा उनको नाम दर्ज हुनेपनि टिप्पणी गरे । कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्