Logo

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं, भदौ ९ । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस्