Logo

भारतमा पत्रकारको गोली हानी हत्या



एजेन्सी, ९ भाद्र । भारतमा एकजना पत्रकारको हत्या भएको छ । उत्तर प्रदेशको बलिया जिल्लाको खेतना गाउँमा रतन सिंहको सोमबार विहान गोली हानी हत्या गरिएको हो ।

हिन्दी टिभी च्यानलमा काम गर्ने ४२ वर्षीय सिंहलाई शुरुमा कुटपिट गरी गोली हानिएको इन्डियन एक्सप्रेसले जनाएको छ । घरबाट सात सय मिटर टाढा उनको शव फेला परेको छ । उनका गाउँलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

घटनामा गाउँका प्रधान सिमा सिंहका पति जब्बर सिंहमाथि अनुसन्धान भइरहेको जनाइएको छ । प्रधानको परिवारसँग पुरानो विवादका कारण घटना भएको हुनसक्ने जनाइएको छ । मृतक प्रधानको घर पुगेको अनुसन्धानबाट पत्ता लागेको छ ।-Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्

Screenshot