Logo

सुनको मूल्य निरन्तर ओरालो लाग्दै, चाँदी स्थिर



काठमाडौँ, ९ भदौ। केहि दिन देखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिअउन्स एक हजार ९३२ डलरमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी मंगलबार स्थिर रही सोमबार कै कारोबार मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्