काठमाडौं, ९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ५५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय ३२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ३ सय २७ जनाको पिसीआर परिक्षणमा ८ सय ५५ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ३१३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । काठमाडौं उपत्यकामा २३२ जना थपिएका मध्ये काठमाडौंका १९९ जना र ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।