Logo

रुपन्देहीमा एकै घरका चारसहित २३ जनामा कोरोना सङ्क्रमण



खस्यौली, ९ भदौ: रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उनले बताए । सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङक्रमित सो उमेर समूह बाहेक १८ देखि ४५ वर्षसम्मका छन । सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष क्षेत्रीले इजाजतप्राप्त बाहेक अन्य सवारी साधन र मानिसलाई हिडडुलमा रोक लगाइएको बताए । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार आज मात्रै ५४ जना कोरोना सङ्क्रमित थप भएका छन । योसँगै कोरोना सङक्रमितको सङ्ख्या जिल्लामा ७२८ पुगेको छ । जिल्लामा ३४५ निको भएर घर फर्केका छन।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्