Logo

काठमाडौंमा एकै दिन तीनजनाको मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, ९ भाद्र । काठमाडौंमा एकै दिन तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंमा एक महिला र दुई पुरुषको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

काठमाडौं उपत्यकामा पहिलोपटक एकै दिन तीनजनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको हो । मृत्यु हुनेहरु सबैजना ७० वर्ष नाघेका छन् ।

यसैगरी उपत्यकामा दैनिक ठुलो संख्यामा संक्रमित थपिन थालेका छन् । यसले उपत्यका कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृत्यु पुष्टि
२. काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
३. काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि



प्रतिक्रिया दिनुहोस्