Logo

गौतमबुद्ध विमानस्थलका कर्मचारीमाथि अख्तियारको मुद्दा



काठमाडौ, ९ भाद्र । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका दुई कर्मचारीमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवमाथि ४ लाख घुस मागेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा लोध र यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४ लाख घुस लिएको पुष्टि भएको थियो । उनीहरुमाथि कानुन बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्