Logo

भगवान रामसँग जोडिएका १० कुरा



  • भगवान राम हिन्दु धर्मालम्बीहरुको आस्थाको महान प्रतिक हुन् । अयोध्यामा राम मन्दिरको निर्माण गरिएको छ । आज हामी रामसँग जोडिएका महत्वपुर्ण तथ्यको बारेमा बताउँछौ । हिन्दु धर्म अनुसार वैवस्वत मनुको १० छोरा थिए । इल, इक्ष्वाकु, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, आदी । श्रीरामको जन्म इक्ष्वाकुको कुलमा भएको थियो ।
  • श्रीराम शास्त्रमा भगवान विष्णुको अवतार भएको उल्लेख गरिएको छ । विष्णुले राजा दशरथको दरबारमा एक मानिसको रुपमा जन्म लिएका थिए । रामले उच्च आदर्श, वचनबद्धता र कर्तव्यनिष्ठाको कारण मर्यादा पुरुषोत्तम कहलिएकाले भगवानको रुपमा पुजा गरिन्छ ।
  • राजा दशरथ र कौशल्याको छोरी शान्ता थिइन् । कौशल्याले शान्तालाई बहिनी वर्षिणीको गोदमा दिएकी थिइन् उनका कोहि सन्तान थिएनन् ।
  • रामले दिएको सबैभन्दा ठुलो शिक्षा आफुले दिएको वचन र कर्तव्यको पालन गर्नु हो ।
  • कैकयीद्धारा राजा दशरथले आफ्नो छोरा रामलाई १४ वर्ष वनवास माग्नुको वास्तविक कारण थोरैलाई मात्र थाहा छ । वास्तवमा कैकयी रानी अश्रपतिको छोरी थिइन् । उनको शिक्षा दिने रत्नऋषि थिए । रत्नऋषिले कैकयीलाई दशरथको कुनै सन्तानले राजगद्दीमा बस्न नपाउने बताएका थिए । दशरथको निधनपछि कुनै सन्तान १४ वर्ष वनवास नगई गद्दीमा बसेमा रघुवंशको नाश हुने भविष्यवाणी गरेका थिए ।
  • माता सीताको हरण रावणले गरेका थिए । सीतालाई खोज्दै गएका राम लक्ष्मणले सीताको गहना र कर्णफुल भेट्टाउछन् । रामले उक्त कर्णफुल सीताको हो भन्छन् तब लक्ष्मणले आफु दाजु भाउजुको सेवक भएकोले भाउजुको सिरको नभई पाउ मात्र पहिचान गर्न सक्छु भनेका थिए ।
  • श्रीरामको हनुमानससँगको भेटको रोचक कहानी छ । हनुमानले ब्राह्मणको रुप धारण गरे उनीहरु भएको स्थानमा पुगेका थिए ।
  • भगवान रामलाई पत्नी सीताको वियोग सहन परेको थियो । देवऋषि नारद मुनिले दिएको श्रापको कारण वियोग भोग्नु परेको थियो ।
  • भगवान रामले माता सीतालाई त्याग गरिदिएका थिए ।
  • अयोध्या आगमन भएपछि केही वर्ष सम्म अयोध्याको राजपाट सम्हाले र त्यसपछि गुरु वशिष्ठ व ब्रहाले उनलाई संसारबाट मुक्त हन आदेश दिए र उनले जलको समाधि लिए ।


प्रतिक्रिया दिनुहोस्