Logo

निषेधाज्ञाबारे कुनै निर्णय भएन, बुधबार पुनः बैठक बस्ने



काठमाडौं, १० भाद्र । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो । यस अघि भदौ ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार बेलुका राती १२ः०० बजेसम्मका लागि रहेको छ यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्