काठमाडौँ, १० भाद्र। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई चार वर्षका लागि थप गर्ने बारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।
मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरू सामाजिक सञ्जालमा आएपछि गोरखापत्र अनलाइनका तर्फबाट राखिएको जिज्ञासामा मन्त्रालयका उच्च अधिकारीले सो कुरा बताएका हुन् । प्रस्ताव नगएको अवस्थामा प्रधानमन्त्रीले सीधै प्रस्ताव ल्याएर निर्णय हुनसक्छ तर त्यस्तो सम्भावना देखिँदैनु ती अधिकारीले भने ।
त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याबिनेटमा सो एजेण्डा नभएको बताएका खबर आजको गोरखापत्रले छापेको छ ।