Logo

अवरुद्ध बेनी -जोमसोम -कोरला सडक एक महिनापछि सञ्चालनमा



म्याग्दी, १० भाद्र । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको १ महिनापछि पुनः सञ्चालनमा आएको छ । गएको साउन ५ गतेको अविरल वर्षापछि पूर्ण रुपमा अवरुद्ध सडक सोमबारदेखि सुचारु भएको हो ।

शर्मा गजुरमुखी जेभीले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरको पहिरोले भत्काएको सडकमा मर्मत गरेपछि मुस्ताङसँग सडक सञ्जाल जोडिएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तरगत उत्तरी म्याग्दीको भूरुङ–तातोपानीदेखि मुस्ताङको कोबाङसम्म ३० भन्दाबढी स्थानमा पहिरोले क्षति पु¥याएको थियो भने १० स्थानमा जगसहित सडक बगाएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीदेखि मुस्ताङको थासाङ गाउँपालिका–४, घैपुसम्म प्याकेज नम्बर २ र थासाङ–४, घैपुदेखि थासाङ–२, कोबाङको प्याकेज नम्बर ३ सम्म सडक निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले सडक मर्मत गरी सञ्चालनमा आएको प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्