Logo

कैलालीमा दाहसंस्कारको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएपछि…



कैलाली, भदौ १० । गत साउन ३२ गते एक्कासी बेहोस भएर मृत्यु भएका मोहन्याल गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरास्थित उप–क्षेत्रिय अस्पतालमा भएको परिक्षणमा मृतकमा कोरोना पुष्टि भएपछि उनको मलामी बनेका सय जना भन्दा बढी कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

साउन १ गते स्वाब परिक्षणका लागि कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएपनि चापका कारण एक हप्तासम्म समेत उनको परिक्षण हुन सकेको थिएन् ।

कैलालीमा परिक्षणमा समय लाग्नेभएपछि मृतकसहित आठ सय बढीको स्वाब परिक्षणकालागि मंगलबार डडेल्धुरा पठाइएको थियो ।

मृतक ४५ बर्षीय पुरुषको स्वाब परिक्षणमा पोजेटिभ देखिएपछि आज उनको मलामी गएका झण्डै एक सय जना मलामी मध्ये आज ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्