Logo

निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याएर छाड्छौं : प्रहरी प्रवक्ता कडायत (भिडिओसहित)



काठमाडौं, १० भदौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई चाँडै सार्वजनिक गर्ने बताएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अपराध अनुशन्धानमा प्रहरी सक्रिय भएर लागिरहेको जनाए । उनले निर्मलाको हत्यारालाई पक्राउ गर्नको लागि उच्च प्राथमिकता राखेको र अपराधीहरुलाई कानूनी कठघरामा ल्याएर छोड्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्