Logo

बहुविवाह गर्ने सात वर्षपछि पक्राउ



बझाङ, १० भाद्र । बहुविवाह मुद्दाका प्रतिवादी २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गते फैसला गरेको बहुविवाह मुद्दाका २ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिकाका राजेन्द्र बहादुर खड्का र राधिका खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका देवलबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्