Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १० भाद्र । लागूऔषध सहित शिव शंकर यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज कप्तानगंज सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित यादव पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस्तै मकवानपुरको राक्सिराङस्थित जिर्खे खोलाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सुस्मिता थिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

त्यस्तै सर्लाही बलरा अर्नाहाबाट करिब २ किलो अवैध लागूऔषध गाँजासहित उपेन्द्र ठाकुर पक्राउ परेका छन् । प्रहरी चौकी अर्नाहाबाट खटिएको प्रहरीले ज.७ प २७९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक ठाकुरलाई उक्त गाँजा सहित फेला पारेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्