Logo

सनी देओलले सौतेनी आमा हेमा मालिनीलाई चक्कु प्रहार गरेको त्यो राज



एजेन्सी, १० भाद्र । धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश कौर हो । धर्मेन्द्रका उनीतर्फबाट चार सन्तान छन् । सनी देओल, बाबी देओल र दुई छोरीहरु । धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए ।

धर्मेन्द्रको हेमा मालिनीसँग चलेको अफेयर र हुन लागेको विवाहको बारेमा प्रकाश कौरलाई थाहा थियो र धर्मेन्द्रले सम्बन्ध बिच्छेद गर्न खोज्दा प्रकाशले अस्वीकार गरेकी थिइन् । त्यसपछि धर्मेन्द्रले मुस्लिम धर्म अनुसार हेमासँग १९७९ मा विवाह गरेका थिए । हेमातीर धर्मेन्द्रका दुूई छोरीहरु ईशा र आहाना छन् ।

धर्मेन्द्रले दोस्रो विवाह गर्ने फैसला पुरै परिवारमा चलेको थियो । ठुलो छोरा सनी देओल आक्रोसित भएर हेमा मालिनीलाई चक्कुले समेत हमला गरेर घाइते बनाएका थिए । तर पछि भने प्रकाश कौरले यी सबै कुरा गलत भएको बताएकी थिइन् ।

एक अन्र्तवार्तामा प्रकाश कौरले भनेकी थिइन्, ‘सबै बच्चालाई बाबाले आमालाई धेरै माया गरोस् भन्ने चाहन्छन् । तर यसको अर्थ अरु महिलाको हत्या गर्नु भनेको होइन् ।’ प्रकाश कौरले आफु पढे लेखेको नभएपनि मेरा बच्चाहरुको नजरमा सबैभन्दा सुन्दर महिला भएको बताएकी थिइन् । उनले बच्चाहरुलाई राम्रो सस्कार दिएकोले आफ्ना बच्चाहरुले कसैको हानी नोक्सानी पुर्याउन नसक्ने दाबी गरेकी थिइन् ।

सनी देओल र बबी देओलले कहिल्यै पनि आफ्नो सौतेनी आमा हेमा मालिनीको कारेमा कुनै कुरा गरेका छैनन् । सनी देओलसँग आफ्नो नातालाई लिएर हेमा मालिनी कयौपटक चुकिसकेकी छिन् । हेमा मालिनीले प्रकाशन गरेको किताब ‘बियोंड द ड्रिम गर्ल’मा आफु दुर्घटना पर्दा सनीले सबै भन्दा पहिला देखेर अस्पताल पुर्याएकोे किताबमा उल्लेख गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्