Logo

बुटवलमा प्रहरी हिरासतमा रहेका १३ अभियुक्तमा कोरोना सङ्क्रमण



बुटवल, ११ भाद्र । ईलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना अभियुक्तमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको एस्कोर्टिङमा खटिएका तीन जना प्रहरीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लगत्तै इलाका प्रहरी कार्यालयका अन्य प्रहरी र हिरासतमा रहेकाको समेत स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले उनीहरूमा बुधबार दिउँसो सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

सङ्क्रमण पुष्टि हुनेहरूमा विभिन्न अभियोगमा यसैसाता हिरासतमा राखिएका पुरुष हुन् । सङ्क्रमण पुष्टि भएलगत्तै उनीहरूको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्