Logo

एउटै मन्त्रालय मातहत कार्यालयको भ्रमण खर्च २ करोड ४८ लाख



दैलेख, भदौ ११ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कार्यालयले १ वर्षमा २ करोड ४८ लाख २ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन् ।

मन्त्रालय मातहतका २५ ओटा कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ मा अवलोकन भ्रमण शीर्षकमा उक्त रकम खर्च गरेका हुन् । सो अवधिमा पशुपक्षी विकास कार्यालयले सबैभन्दा धेरै रकम खर्च गरेको छ ।

कार्यालयले अनुगमन मूल्यांकन तथा कार्यक्रम कार्यान्वयन र भ्रमण खर्च शीर्षकमा २१ लाख ५२ हजार रुपैयाँ खर्च गरेको मन्त्रालय स्रोतले बताएको छ । यस्तै एकीकृत कृषि प्रयोगशाला सुर्खेतले १८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ भने कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रले १८ लाख ३८ हजार खर्च गरेको छ ।

भ्रमणमा धेरै खर्च गर्ने चौथो स्थानमा कृषि विकास निर्देशनालय छ, जसले उक्त शीर्षकमा १५ लाख रुपैयाँ खर्च गरेको छ । यसैगरी बागवानी विकास केन्द्र दार्मा हुम्लाले ८ लाख ६९ हजार रुपैयाँ भ्रमण खर्च गरेको छ भने जुफाल डोल्पा कार्यालयले ७ लाख ३० हजार खर्च गरेको मन्त्रालयले बताएको छ ।

मन्त्रालय मातहतकै कार्यालय भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयले भने १ लाख ४० हजार रकम भ्रमण खर्च गरेको छ ।

मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय हुम्लाले अन्य जिल्लाको तुलनामा भ्रमण खर्च सबैभन्दा धेरै गरेको छ । निर्देशनालयले गत आवमा सो शीर्षकमा ११ लाख ५ हजार रुपैयाँ खर्च भएको छ भने कृषि विकास कार्यालय कालीकोटले सबैभन्दा कम खर्च गरेको छ ।

कार्यालयले ६ लाख १२ हजार रुपैया खर्च गरेको मन्त्रालय स्रोतले बताएको छ । यसैगरी कृषि विकास कार्यालयल जाजरकोटले ९ लाख ५ हजार, डोल्पाले ९ लाख ४ हजार र मुगु कार्यालयले ६ लाख ६० हजार भ्रमण खर्च भएको छ ।

कृषि विकास कार्यालय सल्यानले ६ लाख ५० हजार, दैलेखको ६ लाख ४९ हजार र जुम्ला कार्यालयको ८ लाख ४९ हजार भ्रमण खर्च रहेको पाइएको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्