Logo

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियो



काठमाडौँ, ११ भाद्र । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदैथियो । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको तीन जिल्ला काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो । काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग छलफल गरेका थिए ।

बुधबार बिहानै काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकबाट निषेधाज्ञा एक साता थप्ने निर्णय भएको हो । अब भदौ १७ गते रातको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ । उपत्यकामा सङ्क्रमणको दर बढेसँगै निषेधाज्ञासमेत भदौ १७ गतेसम्म बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सोमबार उपत्यका नगरपालिका फोरमको बैठकले समेत भदौ १५ सम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीहरूलाई आह्वान गरेका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्