Logo

‘चार्टर उडान नरोक्नु गलत’



काठमाडौं, भदौ ११ । सरकारले नियमित उडान शुरू गर्ने निर्णय गरे पनि चार्टर उडानलाई निरन्तरता दिइएकोमा व्यवसायीले विरोध गरेका छन् ।

नियमित उडान शुरू भएपछि चार्टर उडानलाई पनि कायम राख्दा उपभोक्ता ठगिने भएकाले यसलाई तत्काल रोक्नुपर्ने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले माग गरे ।

आफूहरूले पहिलेदेखि नै नियमित उडान शुरू गर्न माग गर्दै आएको भन्दै उनले उक्त माग सुनुवाइ भए पनि चार्टर नरोक्नु गलत भएको बताए । ‘चार्टर नै गर्नु हुँदैन भन्ने होइन, तर केही व्यवसायी र केही व्यक्तिले लाभ पाउन आम उपभोक्ता ठगिने गरी गर्नु हुँदैन भन्ने हो । सरकारले कमिशनको लोभमा चार्टरलाई निरन्तरता दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्