Logo

कोरोना संक्रमितको १० दिनमा दोस्रो परीक्षण रिपोर्ट नेगटिभ आएमा घर पठाउन निर्देशन



काठमाडौं, ११ भाद्र । कोरोना संक्रमीतको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भै कोभिड १९ का लागि तोकिएका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितलाई १० दिनमा दोस्रो परिक्षण गरि रिपोर्ट नेगेटिभ आएमा घर पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबार मिडिया ब्रिफिङमा उक्त निर्देशन सहितको सूचना पढ्दै १४ दिन सम्म मात्र अस्पतालले सामान्य अवस्थाका संक्रमितलाई राखेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्चबापत तोकिएको रकम सोतभर्ना गर्ने र थप दिनको नगर्ने समेत जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड ९१९ इन्सिडेन्ट कमाण्ड सिस्टम ९आइसीएम०ले यस्तो निर्देशन दिएको हो । ‘गत सोमबार बसेको आइसीएसको बैठकको निर्णय अनुसार कोरोना भाइरस संक्रमितको उपचार सबै अस्पतालहरुलाई दिइएको उक्त निर्देशनमा यदि लक्षण नभएका र सामान्य अवस्थाका बिरामीको भर्ना गरिएको छ भने उनीहरुलाई १० दिन भित्र पीसीआर गरी डिस्चार्ज गर्ने ।

यदि १० दिन पछि पोजेटिभ आयो भने १४ दिन राखेर पीसीआर नगरी डिस्चार्ज गर्ने । यदि १४ दिन भन्दा बढी राखियो भने त्यसपछिको सोधभर्ना सरकारले नबेहोर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराउनुभयो । आइसीएसले केही दिन अघि मात्रै लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने निर्णय गरिसकेको छ । उनीहरुलाई होम आइसोलेसन वा अन्य आइसोलेसनमा राख्न निर्देशन दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्