Logo

कोभिडको असर सामाजिक सुरक्षा कोषमा



काठमाडौं, भदौ ११। कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ ।

कोभिड­–१९ ले एकातिर श्रमिकको श्रम गुमेको अवस्था छ भने अर्कोतिर साना तथा मझौला उद्योग–व्यवसाय धराशयी भएका छन् । त्यस्तो अवस्थामा न योगदानकर्ताले योगदान गर्न सक्छ न रोजगारदाताले नै । त्यसले गर्दा पनि केही समय कोषले गति लिन नसक्ने सरोकारवाला बताउँछन् ।

कोषमा आबद्ध भएकामध्ये धेरै बेरोजगार भइसकेका छन् भने साढे १२ हजार रोजगारदाता दर्ता भए तर कतिपयले आफ्नो व्यापार–व्यवसाय बन्द गर्नुपर्ने स्थिति बनेको छ । सामाजिक सुरक्षा कोषका लागि यो विषय धेरै ठूलो चुनौती बनेको छ ।

कोषका अनुसार अहिलेसम्म १२ हजार ६३९ रोजगारदाता प्रतिष्ठान र एक लाख ७२ हजार २८ जना योगदानकर्ता सूचीकृत भएका छन् । त्यसो त गत फागुनसम्म लगभग १२ हजार ५५० रोजगारदाता र एक लाख ६० हजार योगदानकर्ता कोषमा आबद्ध वा सूचीकृत भएको देखिन्छ ।

फागुनसम्म र चैतदेखि अहिलेसम्मको तथ्याङ्क हेर्दा यो सङ्ख्यामा खासै थप भएको देखिँदैन ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्