काठमाडौं, भदौ ११ । नेपालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ ।
भदौ ५ गते अस्पताल भर्ना भएको उनको उपचार कै क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए । यस संगै कपिलवस्तुमा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३ पुगेको छ ।