Logo

लक्षण नभएकालाई १० दिनपछि डिस्चार्ज गर्नु



काठमाडौं, भदौ ११ । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो। १० दिनपछि पनि रिपोर्ट पोजिटिभ आए १४ दिनसम्म राखेर परीक्षण नगरी पठाउन निर्देशन भएको छ।

मन्त्रालयले कुनै पनि कोभिड १९ अस्पतालले लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई १४ दिनभन्दा बढी अस्पताल राखे त्यसको सोधभर्ना नदिने निर्णय गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्