Logo

एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक



काठमाडौं, ११ भदौ । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ । नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ ।

म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो । भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि.क.को रहेको छ । लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो । भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी अत्याधिक जमेको छ।

भिडिओसहित :



प्रतिक्रिया दिनुहोस्

Screenshot